२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साइबर ठगीको शिकार भए बलिउड अभिनेता आफताब

२५ आश्विन २०८०, बिहीबार ०९:२५

असोज २५, काठमाडौँ | बलिउड अभिनेता आफताब शिवदासनी आइतबार साइबर ठगीको शिकार बनेका छन् । केवाईसीको नाममा केही ठगहरूको उनको खाताबाट डेढ लाख भारतीय रुपैयाँ निकालेका हुन् । ठगी हुने बित्तिकै अभिनेताले प्रहरीमा यसको उजुरी दर्ता गरेका छन् ।


बन्द्रा प्रहरी कार्यालयमा दर्ता गरिएको आफताबको उजुरीअनुसार आइतबार एक अज्ञात नम्बरबाट उनलाई मेसेज आएको थियो । मेसेजमा आफताबलाई उनको केवाईसी (नो योर कस्टमर) डिटेल्स अद्यावधिक गर्न भनिएको थियो जुन उनको बैंक खातासँग लिंक थियो । मेसेजमा केवाईसी अपडेट नगरे खाता निलम्बन हुने चेतावनी समेत दिइएको थियो । त्यसपछि आफताबले मेसेजसँग पठाइएको लिङ्कमा क्लिक गरेर बताइएको निर्देशन अनुसार कदमहरु पालना गरे ।

प्रोसेस सुरु गरेको केही समयपछि उनको मोबाइलबाट बैंक खाताबाट १ लाख ४९ हजार ९९९ रुपैयाँ काटिएको सन्देश आएको थियो । ठगी भएपछि आफताबले सोमबार आफ्नो बैंकका म्यानेजरसँग गुनासो गरेका थिए । म्यानेजरको सल्लाहअनुसार उनले त्यसपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले यस विषयमा कारबाही अगाडि बढाएको जनाएको छ ।

आफताब पछिल्लोपटक डिज्नी प्लस हटस्टारको वेबसिरिज स्पेसल अप्सः१.५ मा देखिएका थिए । यसबाहेक उनी सन् २०२१ को कन्नड चलचित्र कोटीगोब्बा ३ मा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा