2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘कौसीद’को क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डको आपत्ति, दिउँसोसम्मका शो रोकिए

असोज २६, काठमाडौँ | सेन्सर बोर्डले फिल्मको क्लाइमेक्समा आपत्ति जनाएपछि शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘कौसीद’को बिहानी र दिउँसोका शोको प्रदर्शन रोकिएको छ । क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डले निर्मातालाई सच्याएर ल्याउन निर्देशन दिएको छ ।

सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मको क्लाइमेक्स सच्याएर ल्याए मात्र प्रदर्शन अनुमति दिइने बताए । ‘उहाँहरुको फिल्मको क्लाइमेक्समा असान्दर्भिक सन्देश जाने खालका दृश्य रहेछन् । यसले फिल्मले दिने सन्देश बिग्रिन्छ,’ सुवेदीले भने, ‘उहाँहरुलाई सच्याएर ल्याउन निर्देशन दिएका छौं ।’

बोर्डले सच्याएर फिल्म ल्याउन र त्यो भाग फाल्न निर्मातालाई भनिसकेको छ । सेन्सर बोर्डको निर्देशनअनुसार आफूहरुले बेलुकासम्म फिल्मलाई रिलिज गर्न लागेको निर्माता केदार भुसालले बताए । ‘क्लाइमेक्स सच्याएर बोर्डमा लैजादैंछौं,’ उनले भने ।

फिल्म रिलिज नभएपछि हलले पूर्वप्रकाशित शोको टिकट शुल्क दर्शकलाई फिर्ता दिइसकेका छन् । निर्माता भुसालका अनुसार अपरान्हदेखि फिल्म रिलिज हुने अपेक्षा गरिएको छ । कुमार भाष्कर निर्देशित यो फिल्ममा ऋचा शर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता