२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

गैरीगाउँ हत्याकाण्ड: डीएनए मिल्यो, अभियुक्तको बयानपछि मागियो इन्टरपोलसँग सहयोग

२६ आश्विन २०८०, शुक्रबार ०७:३६

असोज २६, काठमाडौँ | काठमाडौंको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।

हत्या गरेर भाग्दै गरेको सीसीटीभी फुटेजदेखि संकलित अन्य अन्य प्रमाणहरु पेस गर्दै जन्म कैदको सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ। जसअनुसार प्रहरीले डीएनए (परीक्षण) समेत गराएर यो घटनामा थप प्रमाण जुटाएको छ। प्रहरीले भण्डारीलाई पक्राउ गर्दा उनको साथबाट हत्यामा संलग्न भनिएको खुकुरी समेत बरामद गरेको थियो। उक्त खुकुरीको बिडमा रगतको टाटा बाँकी नै थियो। उक्त रगतको डीएनए हत्या गरिएकामध्ये १ जना नवीन राईको डीएनएसँग मेल खाएको प्रहरी स्रोतले जानकारी दियो। 


त्यसैगरी अभियुक्तको टिसर्ट र पाइन्टमा पनि रगतको टाटा भेटिएको थियो। उक्त रगतको डीएनए पूर्णबहादुरको डीएनएसँग मेल खाएको प्रवक्ता ढुंगेलले जानकारी दिए। वैज्ञानिक प्रमाणबाट समेत यो घटनालाई पुष्टि गरिएको प्रहरीले जनाएको छ। 

उनी जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो, बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएका थिए ।  अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको थियो । उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो ।

अनुसन्धानका क्रममा भण्डारीले आफूले नक्साल, रोतोपुल, सिन्धुपाल्चोकमा अझै केही व्यक्तिको हत्या गरेको बताएका थिए। थप व्यक्तिको समेत हत्या गरेको बताएपछि प्रहरीले भण्डारीलाई लिएर घटनास्थल देखाउन समेत लगाएको थियो। उनले रातोपुल क्षेत्रमा आफूले हत्या गरेर फालेको भनिएको ठाउँमा केही समय पहिला १ महिलाको शव भेटिएको थियो। भण्डारीले कतिपय घटनासँग मिल्दोजुल्दो बयान दिएपछि प्रहरी अधिकारी चकित परेका थिए। 

अन्य ठाउँमा पनि हत्या गरेको बयान दिएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग समेत सहयोग माग गरिएको छ। त्यसपछि नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी अनुपम शमशेर राणा, घटनाका अनुसन्धान गरेका काठमाडौं परिसरका डीएसपी अंगुर जिसी, इन्सपेक्टर कृष्ण गरीले जुममार्फत् इन्टरपोलको हेडक्वार्टरका अधिकारीसँग जुम मिटिङ  समेत गरेका थिए।

उक्त मिटिङका क्रममा अनुसन्धान अधिकारीले भण्डारीले दिएको बयानबारे ब्रिफिङ गरेका थिए। उनी बोल्न नसक्ने समेत रहेको, उनले दिएको बयान सत्य हो/होइन कसरी पुष्टि गर्न सकिन्छ भन्दै अपराध अनुसन्धानको अभ्यास र अनुभवबारे सहयोग माग गरिएको थियो। 

इन्टरपोल सचिवालयले पनि सक्दो सहयोग गर्ने र आफूलाई पनि यस प्रकारण घटना नौलो भएकाले थप अनुसन्धान गर्नुपर्ने भएको बताएको प्रहरी स्रोतले जानकारी दियो। 

भदौ २९ गते राति ११:५५ बजेको समयमा उक्त घटना भएको थियो । घटनामा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो