११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज गोपनीयताको शपथ लिँदै

२८ आश्विन २०८०, आईतवार ०३:२९

असोज २८, काठमाडौँ | कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयले आज मुख्यमन्त्रीको शपथको कार्यक्रम राखिएको जनाएको छ ।

कार्की एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सांसदको समर्थनमा प्रदेश प्रमुख बनेका हुन् । उनलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा ४७ जनाको समर्थन आवश्यक पर्दछ ।

मुख्यमन्त्री कार्कीले आज शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । कार्कीले कस्तो किसिमको मन्त्रिमण्डल बनाउँछन् भन्ने सबैमा चासो रहेको छ । उनी एमालेको समर्थनमा मुख्यमन्त्री बनेकाले एमालेलाई साथ लिनुपर्ने नैतिक दबाब छ ।

त्यस्तै, मुख्यमन्त्री कार्कीले कांग्रेस संस्थापन पक्ष र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउँछन् वा गराउँदैनन् भन्ने पनि चासोको विषय रहेको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भएको छलफलमा सत्ता गठबन्धन प्रति दृढ र स्पष्ट रहने सहमति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज