Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ मा विश्वासको मत लिने

२०८०, २९ आश्विन सोमबार ०९:०७

असोज २९, काठमाडौँ | कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ मा विश्वासको मत लिने भएका छन्। उनले सोमबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर त्यसबारे जानकारी गराएका हुन्।

‘कोशी प्रदेश सभाबाट विश्वासको मत लिन चाहेकाले मिति २०८०/०७/०१ गते बुधबारको दिन कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधनसहित) को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्नेसम्बन्धी सूचना दिएको छ’, कार्कीले सोमबार सचिवालयमा दर्ता गराएको पत्रमा भनिएको छ।

कार्की गत शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीका लागि उनले बिहीबार एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षरयुक्त समर्थन पेस गरेका थिए।

कार्कीले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन्। उनले एमालेका एक र कांग्रेस एक मन्त्री पनि नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली