११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इजरायल सरकारले हस्तान्तरण गरेका पाँच वटा शव छिट्टै नेपाल ल्याउँछौं: परराष्ट्रमन्त्री साउद

२९ आश्विन २०८०, सोमबार १०:४०

असोज २९, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् ।

सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मृत्यु भएका १० मध्ये पाँच वटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिट्टै नेपाल ल्याउने तयारी भइरहेको बताए ।

उनका अनुसार अन्य पाँच वटा शवको जाँच प्रक्रिया पूरा भएपछि नेपाललाई बुझाइनेछ । मन्त्री साउदले इजरायलमा वेपत्ता विद्यार्थी विपीन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका अन्य खाडी मुलुकका सरकारसँग पनि समन्वय भइरहेको जानकारी दिए ।

उनले पीडाका बेला एक हुन्छौं भन्ने उदाहरण इजरायल घटनाले देखाएको भन्दै संसद, राजनीतिक दलहरु, नागरिक समाजलगायत सबैप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज