Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
October 18, 2023 स्वास्थ्य

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक १, उदयपुर | उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

मंगलबार राति त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो। उनीमाथि श्रीमती ३० वर्षीया छविमायाको हत्या गरेको आरोप छ।

घरायसी विवाद हुँदा उनले खाना पकाउने कुकरले हिर्काएर छविमायाको हत्या गरेको प्रहरीले जनाएको छ।

कुकर प्रहारबाट गम्भीर घाइते भएकी छविमायालाई जिल्ला अस्पताल उदयपुर लगिएको थियो। त्‍यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको मृत्यु भएको खबरपाएपछि इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले पिटरलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।