११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

१ कार्तिक २०८०, बुधबार १०:५१

कार्तिक १, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा कार्कीले राखेको विश्वासको मत लिने प्रस्ताव पारित भएको हो।

प्रदेश सभामा भएको मतदानमा विश्वासको मत लिने प्रस्तावको पक्षमा ८६ मत परेको थियो। विपक्षमा ५ मत परेको थियो।  मतदानमा ९३ सदस्यमध्ये ९१ जनाले मतदानमा भाग लिएका थिए।

कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएको घोषणा गरिन्।

त्यसअघि कार्कीले विश्वासको मत माग्दै गरेको सम्बोधनमा संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउनका लागि आफूलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेका थिए।

उनको प्रस्तावमाथिको छलफलमा जसपाकी निर्मला लिम्बु, एकीकृत समाजवादीका राजेन्द्र राई, राप्रपाका भक्ति सिटौला, माओवादी केन्द्रका दुर्गा चापागाईं, कांग्रेसका उद्धव थापा तथा एमालेका हिक्मत कार्कीले भाग लिएका थिए। छलफलमा राप्रपाबाहेकका दलहरूले कार्कीलाई विश्वासको मत दिने प्रष्ट पारेका थिए।

राप्रपाका सिटौलाले भने प्रदेश सभामा प्रतिपक्षी पनि चाहिने भन्दै विश्वासको प्रस्तावको विपक्षमा मत दिएर प्रतिपक्षमा बस्ने बताएका थिए।

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पनि कार्कीले राप्रपालाई नै जोड दिएर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। तर मतदानमा उनको आग्रहले काम गरेको देखिएन।

कार्की एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सभा सदस्यको सहयोगमा गत शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका थिए। सोही दिन उनले कांग्रेस र एमालेका तर्फबाट एकएक जना मन्त्री पनि नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज