कार्तिक २, काठमाडौँ | हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त अवस्थामा रहेको सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन् ।
चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठलाई हृदयघात भएपछि बेइजिङको अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्थाका बारेमा बेइजिङस्थित राजदूतबाट सरकारले जानकारी लिइरहेको मन्त्री शर्माले बताइन् ।
शर्माका अनुसार मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा छन् ।