२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिलिपिन्सको समुन्द्रमा बिकिनीमा देखिइन् आँचल (तस्बिरहरु)

१३ कार्तिक २०८०, सोमबार १०:३०

कात्तिक १३, काठमाडौँ | अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । दशैंको छुट्टी मनाउन श्रीमान डा. उदिप श्रेष्ठसहित फिलिपिन्स पुगेकी आँचलले  सामाजिक सञ्जालमा विकिनी फोटो पोस्ट गरेकी छन् । 

उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा उनलाई बिकनीमा देख्न सकिन्छ । समुद्री किनारमा खिचाएको उनका बिकिनी तस्बिरले सामाजिक सञ्जाल लाइक र कमेन्ट समेत धेरै पाएको छ । आँचलका अनुसार फिलिपिन्सको बोराके आइल्यान्डमा उनले यो फोटो खिचाएकी हुन् । उनले क्याप्सन लेखेकी छन्– सन् स्यान्ड एन्ड स्माइल अल डे लङ (दिनभर घाम, बालुवा र मुस्कानहरु)

आँचलले राखेका तस्वीरले प्रशस्तै प्रतिक्रियाहरु जन्माएको छ । कतिले उनलाई ‘हट’ भन्दै फुर्काएका छन् त कतिले ‘विदेश जानासाथ विकिनी लगाउनैपर्ने ?’ भनेर उडाएका पनि छन् ।

आँचल पछिल्लो समय रामबाबु गुरुङ निर्देशक रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ अभिनयरत छिन् । फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायाँकन तिहारपछि सुरु हुनेछ । फिल्मको छायांकनको यो ग्याप समय सदुपयोग उनले फिलिपिन्स भ्रमणमा गरेकी हुन् ।

आँचल केही पहिले फिल्म ‘ह्वाइट हाउस’ र ‘पञ्चामृत’ पनि अनुबन्धित भएकी थिइन् । ‘ह्वाइट हाउस’ मा उनी रमेश उप्रेतीको जोडीको रुपमा देखिनेछिन् भने ‘पञ्चामृत’मा उनको जोडी धिरज मगर बन्नेछन् ।

अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’ हिट दिएकी आँचलको यो वर्ष प्रदर्शनमा आएको ‘नाईं नभन्नू ल ६’ फ्लप भयो । ‘नाईं नभन्नू ल ६’ फ्लप भएपछि फुर्सदिलो बनेकी उनले हाल प्रदर्शनरत फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’मा एक गीतमा समेत अभिनय गरेकी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य