कार्तिक १४, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो ।
संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको बताए । उनले आफू कुटपिटका बीच उम्किन सफल भएपनि महासचिव बुद्धि सुवेदीसहितका अभियन्ताहरुमाथि पनि कुटपिट भएको बताए ।
संघकै सभाहलमा बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहित उपस्थित युवासंघको कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुग्दा आक्रमण भएको हो ।