२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलसँग कूटनीतिक सम्बन्ध तोड्ने बोलिभियाको निर्णय

१५ कार्तिक २०८०, बुधबार ०४:५९

कार्तिक १५, काठमाडौँ | ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । गाजा क्षेत्रमा इजरायलले गरेको हमलाको विरोध गर्दै बोलिभियाले उक्त घोषणा गरेको बीबीसीले जनाएको छ ।

बोलिभियाका उपविदेशमन्त्री फ्रेडी ममानीले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘गाजापट्टीमा भइरहेको आक्रामक र असंगत इजरायली सैन्य आक्रमणको निन्दा गर्दै बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ ।’


इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने बोलिभिया ल्याटिन अमेरिकाको पहिलो देश हो । उसले यसअघि गाजा क्षेत्रमा मानवीय सहायता पठाउने भन्दै संघर्षविराम गर्न अपिल गरेको थियो ।

यसअघि पनि बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । सम्बन्ध तोडेको करिब एक दशकपछि सन् २०१९ मा पुनः यी दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो ।

अहिले फेरि इजरायलले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध गरेको भन्दै बोलिभियाले कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । उसले इजरायललाई सैन्य कारबाही बन्द गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार