कार्तिक १५, सिरहा | सिरहा प्रहरीले स्रोत नखुलेको करिब पाँच लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी ग्राम पञ्चायत सुगापट्टी- ११ बस्ने २९ वर्षीय सन्तोषकुमार महत्तो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मंगलबार साँझ सखुवानान्कारकट्टी गाँउपालिका- ५ स्थितमा इलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले ठाडीबाट लहानतर्फ गइरहेको अटोमा चेकजाँच गर्दा महत्तोको साथबाट श्रोत नखुलेको ४ लाख ९७ हजार ९ सय नेपाली रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।
युवकलाई रकमसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।