कार्तिक १५, काठमाडौँ | काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।
प्रहरीले चलाएको एक राउन्ड गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। उनलाई अस्पताल लगिएको छ।
लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।