२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

२०८४ को चुनावमा गठबन्धन गर्न नपाउने कानुन बनाउन आवश्यक छ : रवि लामिछाने

२०८०, १५ कार्तिक बुधबार १०:५२

कार्तिक १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले आगामी निर्वाचनका बेला राजनीतिक दलहरूबिच गठबन्धन बनाउन नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।  बुधवार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा लामिछानेले सो सम्बन्धी कानुनी प्रावधान राख्न आवश्यक रहेको बताए । 

उनले भने– ‘चुनावपछि सरकार बनाउन दलहरूबिच गठबन्धन हुनु सामान्य कुरा हो तर चुनाव जित्नकै लागि गठबन्धन बनाउने कुरा त राजनीतिक कार्टेलिङ भयो । एउटा दलको व्यक्तिले अर्को दलको चुनाव चिन्ह लिएर समेत चुनाव लडेको छ । अबको चुनावमा गठबन्धन बनाएर चुनाव लड्न नपाउने कानुनी व्यवस्था गर्न आवश्यक छ ।’

उनले निर्वाचन आयोगले बनाउन लागेको एकीकृत निर्वाचन कानुनको मस्यौदामा सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसारको नो भोट (राइट टु रिजेक्ट) को व्यवस्था राख्न समेत माग गरे । २०३५ सालको जनमत सङ्ग्रहको बेला पेरिसमा रहेका नेपालीले समेत मतदानको अवसर पाएको बताउँदै उनले अहिलेको समयमा यसको प्रबन्ध गर्न नसकिने प्रश्न नरहेको बताए । 

यस्तै विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्नुपर्नेमा पनि लामिछानेले जोड दिएका छन् ।  यता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसद्ले त्यस किसिमको कानुन बनाएमा कार्यान्वयन गर्न आयोग तयार रहेको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना