११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो संसद भन्दा म टेलिभिजन सञ्चारकर्मी हुँदा बढी प्रभावकारी थिएँ : रवि लामिछाने

१६ कार्तिक २०८०, बिहीबार ०८:४५

कार्तिक १६, काठमाडौँ |  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताएका छन् । गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको ६ महिनामा बजेट पारित गर्नेबाहेक जम्मा एउटा मात्र कानुन पास गरेको भन्दै उनले संसदको काम भन्दा आफू सञ्चारकर्मी हुँदा नै बढी काम गरेको दाबी गरे ।

‘६ महिनाको समय र करिब ६ करोड खर्चिएर यो सदनले मात्र एउटा कानुन पास गर्‍यो, यो भन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथेँ । नागरिकको समस्या सुल्झाउने काममा यो भन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ’, उनले भने ।

संसदमा जनप्रतिनिधिले उठाएको आवाज समेत सरकारले नसुनेको र मन्त्रीहरुलाई सोधेको प्रश्नको जवाफ नपाएको लामिछानेले बताए । ‘ध्यानाकर्षणका लागि हामीले उठाएको विषय मन्त्रीले टिप्छन् कि टिप्दैनन् तर जवाफ दिएका छैनन्’, उनले भने ।

बरु सदनमा आरोप प्रत्यारोप, छेडखानी चल्ने गरेको भन्दै सांसद लामिछानेले भने, ‘शीर्ष भनिएका नेताको भाषणमा कुण्ठा चल्छ, मिथ्यांकको विवरण खुल्छ, आत्मप्रशंसा र विपक्षीको निन्दाको लम्बेतान सिलसिला मात्र चल्दैन शीर्ष भनिने, ठानिने नेताको लहडमा संसद बन्धक हुन्छ ।’

उनले संसद नागरिकको आवाज मुखरित गर्ने थलो बन्न नसकेको पनि बताए ।

नेताहरुले देशको, संविधानको र व्यवस्थाको धेरै चिन्ता गरेको भन्दै लामिछानेले उनीहरुकै कारण व्यवस्था खतरामा परेको आरोप लगाए ।

‘यो व्यवस्था, यो संविधान अरु कसैको कारण खतरामा छ कि तपाईं हाम्रै चरित्र र व्यवहारका कारण खतरामा छ ?’ उनले प्रश्न गरे, ‘हामीले व्यवस्था जोगाउन प्राथगमिकता दिएको भए यो चिन्ता गर्नुपर्ने थिएन । हामी यो व्यवस्था, प्रणाली जोगाइरहेका छौं कि आफ्ना मान्छे जोगाइरहेका छौं ?’

रास्वपा सभापति लामिछानेले सत्ता स्वार्थका लागि मिल्न सक्ने दलहरु शान्ति प्रक्रिया टुंग्याउने र पीडितलाई न्याय दिने विषयमा मिल्न नसकेको आरोप लगाए ।

‘आफ्नो सत्ता स्वार्थका लागि मिल्न सक्ने, पीडितलाई न्याय दिने शान्ति प्रक्रियामा कसले रोक्यो हामी नयाँ दलले ?’ उनले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय मानव अधिकारका सिद्धान्त अनुसार यसलाई टुंग्याउन कसले रोकेको छ ? रोकेको छ त यहाँहरुकै नियतले ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान