२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सांसद चन्दा कार्की र कांग्रेस सांसद विष्णुकुमार लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित

२०८०, १६ कार्तिक बिहीबार ११:४१

कार्तिक १६, काठमाडौँ | प्रतिनिधिसभाका दुई जना सदस्य निरन्तर १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की र नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएको जानकारी गराएका हुन् ।


सभामुख घिमिरले देश बाहिर रहेका कारण चन्दा कार्की लगातार १२ वटा बैठकमा अनुपस्थित भएको र विष्णुकुमार कार्की उपचारका लागि भारतमा रहेकाले लगातार १३ वटा बैठकमा अनुपस्थित भएको भन्दै प्रतिनिधिसभा नियमावली २१३ को उपनियम (१) बमोजिम सभाको स्वीकृतिका लागि उपनियम (४) बमोजिम प्रस्तुत गरेका थिए ।

सभामुख घिमिरेले प्रस्तुत गरेको अनुपस्थितको सूचना प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना