कार्तिक १८, विराटनगर | नेकपा एमाले संसदीय दलका उपनेता राम रानाले कोसी प्रदेश सरकारबाट बाहिरिदै राजीनामा दिएका छन् । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको हो ।
पार्टीको विरोध र असहमतिका बाबजुद शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि एमाले सरकारबाट बाहिरिएको हो ।
कोसी सरकारमा सहभागी एमाले संसदीय दलका उपनेता राम रानाले आज बिहान राजीनामा दिएसँगै एमाले औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो । कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ प्रदेश सांसदले समर्थन गरेका थिए ।