१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

आमा मीनालाई गाली गर्दै मिरोजले निकालेको र्‍याप गीत भाइरल

१९ कार्तिक २०८०, आईतवार ०८:१९

कात्तिक १९, काठमाडौं | हाँस्य कलाकार मनोज गजुरेल र मीना ढकालबीच वैवाहिक सम्बन्ध टुटेको पनि ६ वर्ष बितिसक्यो । सम्बन्ध विच्छेदपछि मनोजले दोस्रो विवाह पनि गरिसके । तर, ६ वर्षपछि पनि दुईबीचको सम्बन्धलाई लिएर विवाद कायमै छ । साथै, सामाजिक सञ्जाल बेला–बेला तातिरहेको छ ।

यहीबीच मनोज तथा मीनाका छोरा मिरोज गजुरेलले एक र्‍याप गित सार्वजनिक गरेका छन् । जुन गीतले सामाजिक सञ्जाल निकै तातेकाे छ । कारण गीतमा उनले आमा र बाबुबीचकाे सम्बन्धबारे कुरा खाेलेकाे छन् ।

गीतमार्फत मिराेजले बाल्यकालदेखि नै आफूहरुलाई आमाले यातना दिएको अनि बाबुलाई पीडित बनाएको कुरा खुलाएका छन् । उनले आफूहरुलाई आमाले तल्लो खालको गाली गर्ने गरेको पनि बताएका छन् ।

उनले आमा मीनाबाट बाबु मनोज सधैँ पीडित रहेको बताएका छन् । “घरको इज्जत” भन्दै बाबुले समस्याहरु बाहिर नल्याएको भएपनि बाबुलाई आमाले निकै पीडा दिएको कुरा उनले खुलाएका छन् ।

तथापी उनले बाबु–आमाको सम्बन्धका बारेमा अनावश्यक विवाद नबनाउन पनि सबैसँग आग्रह गरेका छन् । आफू कान्छी आमा र बाबुकै मायामा बस्ने भन्दै उनले मीना (आमा)को पछि नलाग्न यूट्युबरलाई आग्रह गरेका छन् ।

छोराको गीतका बारे भने मीनाले ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्दै टिकटकबाटै खण्डन गरेकी छिन् ।

र्‍यापका शब्दहरु जस्ताको तस्तैः

यो हो सत्यलाई जिताउने गीत विपक्षीको पराजय

भेडाबाख्राको जमात, आलोचना अराजक

सही पक्ष बोल्दैन, प्रश्नचिन्ह खडा छ

लगाइदिन्छु पूर्णविराम, सुन मेरो कथा तँ

बस्थेँ एउटा कोठामा, जान्थ्नि आमा थुनेर

सीप सिक्न भनि ठूला ठूला सपना बुनेर

चोटपटक लाग्ला भन्ने कसैको नसुनेर

सुने पनि बोलिसाध्ये कहाँ हुने र

राखिएको थियो मर्लाइ एक्लै सानैदेखि

गालीगलौज सुरु हुन्थ्यो एकाबिहानैदेखि

ताण्डप मच्चाउने उनको चाहनै त्यति

आफूलाई पिडित देखाएर लिने सहानुभूति

मायाभन्दा बढी देखाउने गर्थिन् रिस

खाना खाउ कैले भनिनन्, सुन्थेँ भात घिच

म जन्मेको बेला उनको उमेर उन्नाइस बीस

ममताको अपरिपक्व रुपले ग्रसित

हुर्किएको थिएँ म झैं झगडाको वरिपरी

छुट्टै बसेको थिएँ आफन्तबाट पर सरी

भड्काइएको थियो मलाई घर परिवारविरुद्ध

दिनरातको ठाकठुक थियो, बाउले जैले हार्ने युद्ध

इज्जत प्रतिष्ठा भन्दै बसे बाउ सहेर

ओसोका ध्यानको छत्रछायाँमा रहेर

म भने आमाको हरेक झूटमा बहेर

बाउलाई नराम्रो देख्थेँ, गजुरेलतिर नहेर

उपाध्यायले जैसी बाहुनलाई हेर्ने नजर फरक थ्यो

को सही र को गलत त्यो आत्मा फरक हो

तर, भनेजस्तो नहुने बित्तिकै अनि झर्क्यौ, बाबासँग तर्क्यो, अनि भित्तातिर फर्क्यो

मध्यरातमा ब्यूँझिन्थेँ म ठूल्ठूलो आवाजले

बाबाको चैं सानो स्वर के भन्छ समाजले

दिनरात नभनि जतिबेला पनि बाझ्ने

अर्को दिन पसल जान नमान्ने म लाजले

याद छ अति हुँदा बाउले आफ्टरसेभ घुड्काकाे

अस्ति भर्खर सोध्दा मात्र त्यो कुराको सुर पाको

खाना लाउन दिने मात्र माया भनि हुर्काको

हुनुअघि धेरै धेरैचोटि डिभोर्स भनि घुर्काको

एकचोटि मेरो बाउ विदेश गएको बेला थ्यो

इन्टरनेटको प्रयोग त्यति नभएको बेला थ्यो

लोडसेडिङ हुँदा मैनवत्ति बलेको बेलाथ्यो

फेसबुकअघि याहु म्यासेन्जर चलेको बेलाथ्यो

सुनेँ एउटा कलमा आमाले हिन्दी बोलेको

आयू च्याटमा भेटिएको सँग कुरा खोलेको

बाउ फर्केपछि मलाई बोलाए, मैले पोल लाएँ

पछि मैले भेटेँ आमाको धुलाई

त्यस्ता घटना त घटे कति हो कति

डिभोर्स अगाडि नै मैले भेटेँ दुईटा जति

माइती गइन् उचालिइन् छोड्ने भइन् पति

बाउ रोको देखेँ आमाको माया लागेन एक रति

छोडपत्रले पुगेन गर्न थालिन् मिडियावाजी

बाउ बोल्नै नचाहने सुरु गरे सिध्या बाजी

कुरा गर्न थालिन् भएको नभएको

आमा भको ठाउँमा युट्युबर सबै गएको

ठूलीआमा भनाउदीले बैनीलाई प्रयोग गरेको

यति हुँदा पनि मनोज दाइ अडिग रहेको


नाम पता गरेर नि फेरि मिल्न खोज्दै थिइन्

नानी र मलाई आनन्द आमा होइन बोझै थिइन्

टिकटकको सजिलो चर्चा बोकेर मोजमै छिन्

विचार नभकाको समर्थन पाएर सोझै छिन्

दोस्रो विहेपछि उनको रिस घृणामा परिणत

हिजो अस्तिसम्म उनलाई याद पनि गरिनँ

बाबा र अन्टीलाई गाली म विवादमा परिनँ

६ वर्ष नबोलेर पनि म मरिनँ

एक चोटि मात्र हो मैले यो सब भनेँ

कुरा कोट्याइरहनलाई तिमरु त छौ नि

धेरै भो तिमर्को चासो भने नदेखा कसैको सरोकार छैन

सोध्न छोड्दे मेरो आमाको बारेमा तिमरु पत्रकार होइन

दिन्न म कसैलाई अन्तरवार्ता अब बोल्ने हो गीतबाट मात्र

बाबा हास्यव्यंग्य कलाकार हो तर म होइन हाँसोको पात्र…

टिकटकमा आमाको भिडियो आउँदैन

आमा कसम मरेको मलाई आमाको माया लाउँदैन

६ वर्ष नबोलि बसेको हो अब त्यही क्रम कायमै राख्छु

… मा घर चितवनमा काम, बाबा आन्टीको मायाले बाँच्छु

आमा भनेको आमा अनि राक्षेसनी भनेको राक्षेसनी

मुख छाड्न मिल्ने भए त म भन्दै हुन्थे…

एकतर्फी कुरा सुनेर आफ्नो मतिभ्रष्ट नगरौं

अहिलेलाई यत्ति बाँकी पछि गएँ म हस्त लौ



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार