१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पश्चिममा अझै खतरा टरेको छैन

१९ कार्तिक २०८०, आईतवार ०९:१६

कात्तिक १९, काठमाडौँ | असोज महिनायता पश्चिम नेपालको तीन जिल्लामा ५ रेक्टर स्केलभन्दा माथिका चारवटा भूकम्प गएका छन् । २०८० असोज १६ गते बझाङमा एकैदिन ६ दशमलव ३ म्याग्निच्युड र ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको चार दिनपछि अर्थात् असोज २० गते बाजुरामा ५ दशमलब ३ म्याग्निच्युडको अर्को भूकम्प गयो । हिजो शुक्रबार ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो भने शनिबार साँझसम्म १ सय १५ पटक पराकम्प गएको थियो । परकम्प जाने क्रम अझै जारी छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा अझै खतरा कायमै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘५ सय वर्षदेखि सो क्षेत्रमा भूकम्प गएको थिएन । शुक्रबार मध्यरातमा गएको भूकम्पको कारण अर्बौं रुपियाँ बराबरको धनजनको क्षति भएको छ । भूकम्पको पूर्वअनुमान गर्न सकिदैन, तैपनि सो क्षेत्रमा खतरा कायमै छ । मध्यरातमा आएको भूकम्पको कारण ठुलो मानवनीय क्षति भएको छ ।’


भूकम्प मापन केन्द्रका अनुसार २०७९ माघ १० गते गते बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलब ९ रेक्टरको भूकम्प गएको थियो भने २०८० वैशाख १४ गते पुनः सोही जिल्लामा ५ दशमलव ९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । लामो समयदेखि पश्चिम भूकम्प नगएका कारण त्यहाँ भूकम्पको ठुलो जोखिम रहेको जानकारी दिँदै अधिकारीले भन्नुभयो– ‘नेपाल देश नै भूकम्पको उच्च जोखिम भएको मुलुक हो । त्यसमध्ये पश्चिम नेपालमा उच्च जोखिम रहेको छ । पछिल्लो समय पश्चिम नेपालको रूकुम, रोल्पा, मुगु, दैलेख, बझाङ, मुगु, जाजरकोट, हुम्ला, जुम्ला, गोरखा, अछाम, लमजुङ, वाग्लुङलगायतका जिल्लामा ४ रेक्टर स्केलको करिब आधा दर्जन बढी भूकम्प गएको छ ।

नेपालमा शक्तिशाली भूकम्प गएको ८ वर्षपछि जाजरकोट केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ । यसअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाई ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा करिब ९ हजारको मृत्यु भएको थियो भने २२ हजार घाइते भएका थिए । ८ वर्षयता नेपालमा हालसम्म ५५ हजारभन्दा बढी पराकम्प र भूकम्पको रेकर्ड भएको छ । तथ्यांकअनुसार २०७२ सालयता हालसम्म ४ रेक्टर स्केलभन्दा माथि ५ सय ८३ वटा भूकम्प मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार