२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली

२०८०, २० कार्तिक सोमबार ०८:०८

कार्तिक २०, काठमाडौँ | जाजरकोट र रुकुम पश्चिममा तीन दिनअघि आएको भूकम्पले व्यापक जनधनको क्षति भएपछि विभिन्न राजनीतिक दलका नेताहरूको त्यहाँ लस्कर लाग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीसम्म भूकम्पप्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र सान्त्वना दिने प्रयासमा छन् ।

संसदको कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जाजरकोट-रुकुममा आफ्नो बलियो उपस्थिति देखाइरहेको छ । सो पार्टीका दुई चिकित्सक नेता डा. मुकुल ढकाल र डा. तोसिमा कार्की घाइतेहरूको उपचारमा समेत संलग्न छन् । यसैगरी, पार्टीले विभिन्न राहत सामग्री पनि वितरण गरिरहेको छ ।


रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भने अलि पृथक शैलीमा प्रस्तुत भएका छन् । उनी त्यहाँ स्थलगत अवलोकन र राहत वितरणमात्र होइन, एउटा रेडियो कार्यक्रम पनि चलाइरहेका छन् । आफ्नो पुरानो पेशालाई ब्यूँताउँदै उनी जाजरकोटको रेडियो पाइला (९१.६ मेघाहर्ज) बाट उनी स्रोतामाझ प्रस्तुत हुन थालेका हुन् । ‘सही सूचनाका लागि हेल्लो रवि’ उनको नारा छ ।

भूकम्प आएका दिन रवि पाल्पामा थिए । पार्टी कार्यक्रममा सिलसिलामा त्यहाँ रहेका उनले भूकम्पपश्चात तत्काल सबै कार्यक्रम स्थगत गरेर जाजरकोट पुगेका हुन् । उनले पार्टी पंतिलाई पनि भूकम्पपिडितको उद्दार र राहतमा खटिन अपील गरेका थिए । त्यसबमोजिम रास्वपाका नेता कार्यकर्ताको ठूलै समूह जाजरकोटामा खटिएको छ ।

रविले सुरू गरेको रेडियो कार्यक्रमलाई लिएर आम मानिसहरूको मिश्रित प्रतिक्रिया पाइन्छ । समर्थकहरूले सधैँजस्तो उनको वाहवाही गरेका छन् । संकटको क्षणमा जनतासँग जोडिन खोजेको भन्दै प्रशंसा गरेका छन् । आलोचकहरूले भने उनीमाथि विभिन्न प्रश्न उठाएका छन् । दु:खको बेला पनि स्टन्ट गर्न नछोडेको आरोप लगाएका छन् । रविले रेडियो कार्यक्रम चलाउँदा भूकम्प पीडितहरूलाई कसरी सहयोग हुन्छ भन्ने उनीहरूको प्रश्न छ ।

रविले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एक फएममा लाइभ आउन लागेको जानकारी गराएका थिए । त्यसमा उनले जाजरकोट भूकम्पबारे सूचना, समन्वय र सहयोगका लागि केही दिनको लागि रेडियोकर्मी बन्न लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले विगतमा गरेको, जानेको र अहिले आवश्यक एउटा महत्वपूर्ण काम भनेको आवाजविहीनको आवाज, आम जनताका पीर, मर्का र समस्याहरू सरोकारहरूसम्म पुर्‍याउने हो । विपद्कै बेला यो अझै महत्वपूर्ण हुन्छ । तसर्थ जाजरकोट भूकम्पबारे सूचना, समन्वय र सहयोगका लागि म केही दिनका लागि जाजरकोटको रेडियोकर्मी बन्दैछु । सबैलाई काम लाग्ने गरी समन्वयमा रहनेछु ।’

रविले घन्टौंसम्म भूकम्पपिडित, स्थानीय निकाय, सरोकारवालाहरूसँग रेडियोमार्फत कुराकानी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने