२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दर्शकसँग माफी माग्दै सुगमले भने- म बेसी भावनामा बहें, मैले पिउनु पनि हुँदैनथ्यो (भिडियो)

२० कार्तिक २०८०, सोमबार ०८:३९

कार्तिक २०, काठमाडौँ | गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन् । उनले आफूबाट गल्ती भएको बताउँदै आफू भावनामा बहँदा घटना हुन पुगेको प्रतिक्रिया दिए ।

नेपाल ट्युबसँगको कुराकानीमा सुगमले आफू मानसिक रुपमा स्वस्थ रहेको उल्लेख गर्दै भगवानरुपी दर्शकलाई कहिल्यै पनि अनादर नगरेको बताएका छन् ।

शनिबार अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएका सुगमले दर्शकमाथि माइक प्रहार गरेका थिए । उक्त घटनाको भिडियो भाइरल भएको थियो । उनले भूकम्पमा ज्यान गुमाएकाको मौन धारणको सन्दर्भमा आफू सम्हालिन नसक्दा घटना भएको प्रतिक्रिया दिएका छन् ।


उक्त कन्सर्टका आयोजकले पनि आइतबार नै सामाजिक सञ्जालबाट माफी मागिसकेका छन् । सार्वजनिक माफी मागेको भिडियोमा सुगमले अष्ट्रेलियाको कन्सर्टलाई निरन्तरता दिने वा नदिनेबारे केही बताएका छैनन् ।

सुगमले माफी माग्दै घटनाबारे यसरी सविस्तार बताएका छन् :

‘माफी माग्न चाहन्छु । मबाट गल्ती भएको हो । म बेसी भावनामा बहें । भगवान दर्शकप्रति कहिल्यै पनि अनादर गरेको छैन मैले । म आज यही नेपाली समाजले बनाएकाले गायक भएको हुँ । मैले पिउनु हुँदैनथ्यो । आई एम सरी ।

नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहनु भा‘थ्यो । मलाई मनमा कस्तो अप्ठ्यारो भइराथ्यो भन्दाखेरि अरे यार म गीत गाउन आइरहेको छु, उता त्यस्तो भइरहेको छ । कत्तिको आफ्नो परिवार बित्नुभएको छ । मैले सोचें– एकछिन मौन धारण गरुँ । अरु तपाईंले भिडियोमा देख्न सक्नुहुन्छ ।

म नेपालीहरुले गर्दा बनेको हुँ । नेपाललाई दुख्दाखेरि मलाई दुख्छ हेर्नुस् । म यसमा सरी भन्न चाहन्छु ।

बीचमा मैले मदिरा खान छाडेको थिएँ । एक महिना भयो फेरि सुरु गरेको । म खराब होइन तर समय खराब छ अहिले मेरो । म मेन्टल्ली ठीक छु अहिले । छोरी ११ मा पढ्छे ।

मेरो नियत गलत थिएन त्यो दिनमा पनि । मेरो कमजोरी के भन्दा मैले थोरै मदिरा सेवन गरेको थिएँ त्यो दिन, त्यो गर्नु हुँदैनथ्यो । नत्र भने मेरो नियत कहिल्यै पनि खराब छैन ।

धन्यवाद मलाई सुगम पोखरेल बनाइदिनुभएकोमा । नेपाली गीत अझै गाउनेछु । झनै गाउनेछु । म पनि मान्छे हुँ । दोष अझै छ, घटाउने प्रयासमा छु । मान्छेलाई गुण र दोषको आधारमा हेरियोस् । म अहिले पनि राम्रो मान्छे बन्न प्रयासरत छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य