2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो भाइरल, कानुनी उपचार गर्न अमिताभ बच्चनको सल्लाह

कार्तिक २०, काठमाडौँ | रश्मिका मन्दाना साइबर अपराधको सिकार हुने पछिल्लो भारतीय सेलिब्रिटी हुन्, जसको डीपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा रश्मिकाको जस्तै अनुहार देखिने एक महिला एलिभेटरभित्र प्रवेश गर्छिन् ।

कालो पहिरन लगाएकी ती महिलाको अनुहार काटीकुटी ‘पुष्पा’ अभिनेत्री रश्मिकाको जस्तै देखिन्छ । भिडियो भाइरल बनेपछि धेरैले यसलाई नक्कली भएको बताएका छन् । तर बलिउड अभिनेता अमिताभ बच्चनले यसमा अलग धारणा राखे ।

रश्मिकाको डीपफेक भिडियो सामाजिक सञ्जालमा देखा परेपछि अमिताभले तुरुन्तै यसविरुद्ध कानुनी कारवाहीको माग गरे । लगत्तै इन्टरनेट प्रयोगकर्ताले उक्त भिडियो जारा पटेल नामक भारतीय मूलकी एक बेलायती महिलाको भएको भन्दै तथ्यजाँच गरे । ती महिलाको इन्स्टाग्राममा ठूलो फ्यान फलोइङ समेत छ ।

रश्मिकासँग ‘गुडबाइ’ फिल्ममा सहकार्य गरेका अभिनेता बच्चनले एक्समा लेखेका छन्, ‘यो बलियो कानुनी मामिला हो ।’ रश्मिकाले भने उक्त भिडियोबारे केही बताएकी छैनन् । सन् २०२२ मा साउथ स्टार रश्मिकाले ‘गुडबाइ’बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

रणवीर कपुरसँग रश्मिकाको अभिनय रहेको फिल्म ‘एनिमल’ प्रदर्शनको तयारीमा छ । यो फिल्म डिसेम्बर १ मा प्रदर्शन तयारीमा छ । पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को कारण सेलिब्रिटी डीपफेक भिडियोको सिकार बनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई