२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डेढ वर्षदेखि कुवेत अस्पतालमा अलपत्र प्यूठानकी तुलसा जीसीको उद्धार

२०८०, २० कार्तिक सोमबार १०:५१

कार्तिक २०,  रूपन्देही । डेढ वर्षदेखि कुवेतको अस्पतालमा अलपत्र प्यूठान झिमरुक गाउँपालिका ५ ओखरकोटकी ४७ वर्षीया तुलसा जीसीको सरकारले उद्धार गर्ने भएको छ । वैदेशिक रोजगारीमा गएकी तुलसा बिरामी भएपछि कुवेतको आदान अस्पतालमा पैसा तिर्न नसकेर अलपत्र परेकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आएको बेला प्यूठानका युवा समाजसेवी प्रदीप जीसीसहितको टोलीले उद्धारका निम्ति निवेदन दिएपछि कुवेतमा अलपत्र तुलसालाई परराष्ट्र मन्त्रालयले टिकट उपलब्ध गराएर उद्धार गर्ने भएको हो ।

‘प्रधानमन्त्री कार्यालयका सञ्चार विज्ञ मनहरी तिमिल्सिनामार्फत प्रधानमन्त्रीलाई निवेदन दिएका थियौं, परराष्ट्र मन्त्रालयमार्फत उद्धारका लागि काम भएको छ’, उद्धारका लागि पहल गरेका प्रदीप जीसीले भने ।


उनका अनुसार प्रधानमन्त्री सचिवालय र पराराष्ट्र मन्त्रालयको समन्वयमा अलपत्र नेपाली चेलीलाई स्वदेश ल्याउन सकिने अवस्था आएको हो । परराष्ट्र मन्त्रालयबाट तुलसालाई नेपाल ल्याउने प्रबन्ध भएको भन्दै हवाई टिकट समेत प्राप्त भएको जीसीले बताए ।

‘कात्तिक २३ गते काठमाडौंमा भेट हुनेछ, पारिवारिक रेखदेख, हेरचाह र थप उपचार पश्चात् बिरामीको स्वास्थ्यमा धेरै सुधार आउनेछ’, प्रदीपले भने । डेढ वर्षदेखि कुवेतको अस्पतालमा छट्पटाएर बस्दा परिवारमा विचल्ली भएको थियो ।

घरको आर्थिक अवस्थाका कारण कुवेत गएकी तुलसा बिरामी भएपछि करिव २ महिनासम्म परिवारसँग सम्पर्क भएको थिएन। सामाजिक सञ्जालमा सम्पर्कविहीन भएको सूचना राखेपछि अस्पतालमा उपचाररत रहेको खबर आएको थियो ।

उनी भारत हुँदै कुवेत पुगेकी हुन् । आर्थिक अवस्था कमजोर रहेको र ५ लाख रुपैयाँ पनि जोहो गर्न नसक्दा अस्पतालमै रहेकी तुलसालाई नेपाल ल्याउने वातावरण बनाइदिएकोमा परिवारले खुशी व्यक्त गरेका छन् । तुलसाको २ छोरा, २ छोरी र श्रीमान छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल