११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंद्वारा मंसिर ७ बाट गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलन गर्ने घोषणा

२० कार्तिक २०८०, सोमबार ११:१६

कार्तिक २०,  जाजरकोट | व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ ।

आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रधानमन्त्री र सबै दलका नेताहरुले आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

प्रसाईंले भने, ‘मैले प्रधानमन्त्रीलाई क्यूआर कोड पठाएको छु । गणतन्त्र फ्याक्न मन्त्रिपरिषद्बाट निर्णय गराएर ५० लाख उपलब्ध गराउन भनेको छु । उहाँ मनको कमजोर हुनुहुन्छ । पक्कै दिनुहुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य दलका नेताहरुसँग पनि पैसा माग्ने उनले बताए ।


‘ओली हजुरबासँग पनि ५० लाख रुपैयाँ माग्छु । शेरबहादुरसँग् पनि माग्छु । रवि लामिछानेले ५ लाखमात्रै दिँदा हुन्छ, उहाँले धेरै कमाउन भ्याउनुभएको छैन । मेरो नेतृत्वमा गणतन्त्र उल्टिन्छ’, प्रसाईंले भने ।

उनले २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । यस्तै राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि उनको अभियानले अघि सारेको छ ।

व्यवस्था परिवर्तन नभएसम्म लघुवित्त र सहकारीको पैसा अहिले नतिर्न उनले उर्दी जारी गरेका थिए ।

प्रसाईंले भने, ‘लघुवित्त र सहकारीको पैसा अहिले नतिर्नुस् । पहिले आन्दोलन सफल पारौं । व्यवस्था परिवर्तन गरौं । त्यसपछि देशका लागि के के गर्नुपर्छ सल्लाह गरौंला । अहिले चाहिं २० लाखभन्दा मुनिको गरिबको ऋण मिनाहा गर्नुपर्छ ।’

प्रसाईं सरकार र राजनीतिक दलहरुमाथि खनिएका थिए । खासगरी एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनी बढी केन्द्रित भए । देशका समस्याहरु बिर्सेर ओली मोबाइलमा पब्जी खेलेर बस्ने गरेको उनको आरोप थियो ।

हिजो साइबर ब्युरोले बोलाएको प्रसंगमा उनले प्रहरी पनि कांग्रेस-एमाले बनेको टिप्पणी गरे ।

‘प्रहरीले मलाई दुर्गाजी हाम्रो पनि इज्जत राख्दिनुस् भने । हामीलाई एमालेको ठूलो दबाब छ भन्ने कुरा उनीहरुको थियो । मैले तपाईंहरु एमालेको पुलिस हो भनेर सोधें । पक्रिनुहुन्छ म आएको छु, पक्रिनुस् भनेर चुनौती पनि दिएर आएँ’, प्रसाईंले सुनाए ।

सबैलाई गाली गरेका उनले युट्युबरहरुको भने उच्च प्रशंसा गरे ।

‘पुलिस, पत्रकार, कर्मचारी सबै कांग्रेस, एमाले, माओवादी हुँदा रहेछन् । पत्रकार पनि कांग्रेस, माओवादी, एमाले हुन्छ ? यस्तो देशमा तपाईंहरुको उदय हुँदैन त युटुबर साथीहरुको । तपाईंहरु त कांग्रेस एमाले होइन राष्ट्रवादी हो । त्यही भएर तपाईंहरुको संगत गरेको हुँ’, उनले भने ।

आफ्नो आन्दोलनलाई युट्युबरहरुले पनि १०० रुपैयाँ दिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान