११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शीर्ष दलहरूको निष्कर्ष– सामाजिक सञ्जाल ‘अराजक’ बन्यो

२१ कार्तिक २०८०, मंगलवार ११:३३

कार्तिक २१, काठमाडौँ | शीर्ष राजनीतिक दलहरूले सामाजिक सञ्जालमा देखिएका अश्लीलता, उच्छृङ्खलता उपयुक्त नभएको निष्कर्ष निकालेका छन् ।

शान्ति प्रक्रियामा हस्ताक्षर गरेको शीर्ष दलका नेताहरूको आज सिंहदरबारमा बसेको बैठकपछि सरकारका अर्थमन्त्री प्रकाशशरण महतले

“निर्वाधरूपमा नागरिकले आफ्नो काम गर्न पाउनुपर्छ । त्यसलाई दुरुपयोग गर्ने, उच्छृङ्खल आधारहीन कुरा, प्रमाणहीन कुरा, गाली बेइजत, अश्लीलताका कुरा उपयुक्त होइनन् भन्ने कुरा उठे । तर, अहिले के गर्ने भन्ने कुरा आएको छैन,” उनले भने ।

आफूलाई लागेको, देखेको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको उनको भनाइ छ । उनले अहिलेको व्यवस्थाका कारण नै व्यवस्थाको विरोध गर्नेहरूले छुट पाइरहेको बताए ।

“व्यवस्थाको विरोध गर्नेहरूले पनि यो प्रणाली दिएको अधिकारका कारण उपयोग गर्न पाइरहेका छन् । अधिकारबाट वञ्चित कोही चाहन्छ ? त्यत्रो उपलब्धि समावेशिता सुनिश्चित भएको छ,” उनले भने, “त्यो उपलब्धि निस्तेज गर्ने कुरा कसैले स्वीकार गर्न सक्छ ? सामाजिक सञ्जालामा कतिपय अराजक, उच्छृखङ्ख गतिविधि छन् । अधिकार सुनिश्चित गर्ने कुरामा सरकार सधैँ एक ठाउँमा छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान