३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनुमतिबिना उपल्लो मुस्ताङ पुगेका ६ भारतीय प्रहरीकाे नियन्त्रणमा

२२ कार्तिक २०८०, बुधबार ११:४९

कार्तिक २२, पोखरा | अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुमति लिन पोखरा पठाइएको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोज पाण्डेले जानकारी दिए । 


‘उहाँहरूसँग अनुमति पत्र रहेनछ । सशस्त्रले नियन्त्रणमा लिएर हाम्रो जिम्मा लगायो, हामीले पोखरा फर्काइदियौँ,’ उनले भने । अध्यागमनबाट भ्रमण अनुमति लिएर मात्रै त्यहाँ जान पाइन्छ । 

उनीहरूलाई नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको हो । लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य देशका नागरिक जान पाउँदैनन् । थप प्रक्रियाका लागि काठमाडौँ पठाउने तयारी भइरहेको बताइएको छ । 

उनीहरू पहिले नेपालकै नागरिक हुन् । अहिले पूर्ण रूपमा भारतीय नागरिकता लिएका कारण नेपाली मूलका भए पनि फर्काइएको हो । भारत पश्चिम बङ्गाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली