१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

२४ कार्तिक २०८०, शुक्रबार ०५:५४

कार्तिक २४, काठमाडौँ | चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८०/०८१ मा चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि विद्यार्थी छनौट गर्न कात्तिक १८ र १९ गते एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) लिएको थियो । उक्त परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।

आयोगले २ हजार ६८२ जना विद्यार्थीको नाम निकालेको छ । उनीहरूले एमबीबीएस र बीडीएस पढ्न पाउनेछन् । त्यसमा निश्चित अंक ल्याउने विद्यार्थीले पूर्ण छात्रवृत्तिमा र बाँकीले शुल्क तिरेर पढ्न पाउनेछन् ।

विद्यार्थीहरूले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सकिने आयोगले जनाएको छ । उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्न पत्र सेटको बबल नभरेका तथा बबल गलत भरेका उम्मेदवारको उत्तर पुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा १ हजार दस्तुर तिरेर निवेदन दिन सकिनेछ ।

त्यसका लागि मंसिर १ गतेदेखि ५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । प्रकाशित नतिजामा कुनै पनि आरक्षण समूहभित्र परेका उम्मेदवारको विरुद्धमा दावीविरोध गर्न चाहेमा प्रमाणसहित पुनर्योगको लागि तोकिएको समयभित्र निवेदन दिन सकिनेछ । झुठा विवरण पेश गरी परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै बेला पनि रद्द गर्न सकिने आयोगले जनाएको छ । प्राथमिकता क्रम निर्धारण तथा म्याचिङसम्बन्धी सूचना पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार