११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मंसिर ७ गते युवा संघ र दुर्गा प्रसाईंको छुट्टाछुट्टै प्रदर्शन

२४ कार्तिक २०८०, शुक्रबार ०७:३८

कार्तिक २४, काठमाडौँ | भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।

मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहीनताले सीमा नाघेको भन्दै युवासंघले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। उनले माफियागिरी, सामाजिक सदभाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाए।


सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन्। पछिल्लो समय प्रसाईंका गतिविधिविरुद्ध युवा संघ विरोधमा उत्रिएको छ।

प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंविरुद्ध खनिएको छ। युवा संघले काठमाडौंमा प्रदर्शन गर्ने दिन प्रसाईंले पनि प्रदर्शनकाे तयारी गरेपछि मुठभेडको सम्भावना बढेको छ।

युवा संघले गणतन्त्रको रक्षा गर्न सरकारले नसके आफूहरू तयार रहेको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरुद्ध प्रहार हुन थालेको भन्दै गणतन्त्र पक्षधर शक्ति एकजुट हुन आग्रह गरेका थिए।

प्रधानन्त्रीको सो अभिव्यक्तिलाई युवा संघले गणतन्त्रको रक्षा गर्न आफूहरू सक्षम रहेको दाबी गरेको छ। ‘प्रधानमन्त्री गणतन्त्र धरापमा पर्‍यो भन्दै हिँड्नुभएको छ, अहिले गणतन्त्रमाथि कसैबाट पनि खतरा छैन, यदि छ भने त्यो सरकारबाटै छ,’ युवा संघका प्रवक्ता निरोज पौड्यालले भने, ‘प्रधानमन्त्रीले मुलुकमा सरकार भएको अनुभूति दिलाउने हो भने विरोधका स्वर आफैँ बिलाएर जान्छन्।’




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?