२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले राखे ‘विश्व रेकर्ड’

२०८०, २४ कार्तिक शुक्रबार ०७:४५

कार्तिक २४, काठमाडौँ |  वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले ‘विश्व रेकर्ड’ कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले २९ सेप्टेम्बर २०२३ अर्थात २०८० असोज १२ गते शुक्रबार आफ्नो फेसबूक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड राखेका हुन्। 

फेसबूक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most Viewers for a Cardiovascular Health Awareness Livestream on Facebook) भन्ने शीर्षकमा डा ओममूर्तिले गिनिज वर्ल्ड रेकर्डस् कायम गरेका हुन्।


असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए।

डा ओममूर्तिको ३० मिनेट लामो उक्त फेसबूक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए। त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए। फेसबूक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए।

लाइभ प्रस्तुतिपछि ‘गिनिज वर्ल्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्तिले विश्व रेकर्ड कायम भएको दाबी पेस गरेका थिए। यद्यपि, डा  ओममूर्तिलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो।

व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुने आशा गरिएको छ। सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।

यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सन्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ। डा ओममूर्तिले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबूकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल