असोज २१, माइमी (हैटी) । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ।

गत मङ्गलबार अकस्मात क्यारेवियन क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २१, माइमी (हैटी) । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ।

गत मङ्गलबार अकस्मात क्यारेवियन क"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हैटीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुग्यो

२१ आश्विन २०७३, शुक्रबार १०:१६

असोज २१, माइमी (हैटी) । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ।

गत मङ्गलबार अकस्मात क्यारेवियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनौ मानिस वेपत्ता भएका छन् । हैटीको पनि आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित बनेका छन् । 

म्याथुका कारण हैटीमा करिव २९ हजार घरहरु पूर्णरुपमा भत्किएको वा पानी र लेदोले पुरिएका छन् । हैटीको दक्षिणी शहर जेरमीमा आँधीले व्यापक विपत्ति निम्त्याएको छ । यस सहरमा प्रायः सबै घर आँधीका कारण भत्किएका छन् । आँधीका कारण उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा चौपायाहरुको मृत्यु भएपछि र विस्तारै मृत जनावरका शरिर सड्न थालेपछि यस क्षेत्रमा रोगको महामारी आउन सक्ने डरमा जीवित स्थानीयहरु आतङ्कित बनेका छन् । 

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि काम गर्ने संसथाले हैटीमा मात्र तीन लाख ५० हजार मानिस खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको रहेको रहेको बताएको छ । 

आँधीका कारण हैटीका विभिन्न नदीहरुका पुल, तथा सडक सञ्चाज भत्किएका साथै नीजि तथा सार्वजनिक भवन र तरकारी तथा अन्य बालीको समेत नष्ट भएको भन्दै प्रभावित क्षेत्रमा प्राकृतिक विपदको अवस्था आएको भन्दै यहाँको सरकारले आ–आफ्नो क्षेत्रमा रहेर विपद्को सामानाका लागि पहल गर्न आग्रह गरेको छ । 

म्याधुको प्रभाव हैटीबाट क्युवा हुँदै अमेरिकी शहर फ्लोरिडासम्म पुगेको बताइएको छ । क्यूवामा करिव १३ लाख मानिसलाई आँधीबाट सुरक्षित राख्न समुद्री तटदेखि टाढा टाढाका स्थानमा स्थानान्तरण गरी शिविरमा राखिएको बताइएको छ । रासस/एएफपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान