२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँ उपत्यकामा हल्का वर्षा

२०८०, २५ कार्तिक शनिबार १०:२६

कार्तिक २५, काठमाडौँ | काठमाडौँ उपत्यकामा आज दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो । 

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए । “उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन”, उनले भने “अबको दुई–तीन घण्टामा वर्षा रोकिएर काठमाडौँको आकास खुल्नेछ ।”

पछिल्लो एक घण्टामा काठमाडौँ बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले बताए । मौसमी प्रणाली क्रमिक रुपमा सुधार आइ आइतबारदेखि मौसम सफा हुँदै जाने उनले जानकारी दिए ।

आज बिहान लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भेगका एकरदुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले उक्त प्रणालीको प्रभावले बदली र वर्षा गराएको महाशााले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल