१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वकपमा २०९० चौका र ५८३ छक्का

२७ कार्तिक २०८०, सोमबार ११:००

कार्तिक २७, काठमाडौँ | १३औँ आईसीसी एकदिवसीय विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म कुल दुई हजार ६ सय ७३ ‘बाउन्ड्री’ प्रहार भइसकेको छ । अधिकांश खेलमा ब्याट्सम्यानहरुले उल्लेख्य सङ्ख्यामा छक्का र चौका प्रहार गरेपछि यो विश्वकपको प्रारम्भिक चरणमा रन पनि गतिलै बनेको छ । 


प्रारम्भिक चरणको ४५ खेल सकिँदासम्म कुल पाँच सय ८३ वटा छक्का प्रहार भएका छन् । यसका अतिरिक्त दुई हजार ९० वटा चौका पनि प्रहार भएका छन् । प्रारम्भिक चरणको खेल सकिँदासम्म भारतका कप्तान रोहित शर्मा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । 

रोहितले नौ पालीमा ५८ वटा चौका प्रहार गरेका छन् । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले ५७ वटा चौका हिर्काएका छन् । भारतका अनुभवी ब्याट्सम्यान विराट कोहलीले ५५ र न्युजिल्यान्डका युवा ब्याट्सम्यान रचिन रविन्द्रले ५२ वटा चौका हिर्काएका छन् । न्युजिल्यान्डका डेभोन कनवेले पनि ५१ वटा चौका प्रहार गरिसकेका छन् । 

यसैगरी सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा पनि भारतका कप्तान रोहित शर्मा पहिलो स्थानमा छन् । उनले नौ पालीमा २४ वटा छक्का हिर्काएका छन् । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २२ र दक्षिण अफ्रिकाका क्विन्टन डी ककले २१ छक्का प्रहार गरेका छन् । अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्सले पनि २०—२० वटा चौका प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार