२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वकपमा २०९० चौका र ५८३ छक्का

२०८०, २७ कार्तिक सोमबार ११:००

कार्तिक २७, काठमाडौँ | १३औँ आईसीसी एकदिवसीय विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म कुल दुई हजार ६ सय ७३ ‘बाउन्ड्री’ प्रहार भइसकेको छ । अधिकांश खेलमा ब्याट्सम्यानहरुले उल्लेख्य सङ्ख्यामा छक्का र चौका प्रहार गरेपछि यो विश्वकपको प्रारम्भिक चरणमा रन पनि गतिलै बनेको छ । 


प्रारम्भिक चरणको ४५ खेल सकिँदासम्म कुल पाँच सय ८३ वटा छक्का प्रहार भएका छन् । यसका अतिरिक्त दुई हजार ९० वटा चौका पनि प्रहार भएका छन् । प्रारम्भिक चरणको खेल सकिँदासम्म भारतका कप्तान रोहित शर्मा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । 

रोहितले नौ पालीमा ५८ वटा चौका प्रहार गरेका छन् । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले ५७ वटा चौका हिर्काएका छन् । भारतका अनुभवी ब्याट्सम्यान विराट कोहलीले ५५ र न्युजिल्यान्डका युवा ब्याट्सम्यान रचिन रविन्द्रले ५२ वटा चौका हिर्काएका छन् । न्युजिल्यान्डका डेभोन कनवेले पनि ५१ वटा चौका प्रहार गरिसकेका छन् । 

यसैगरी सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा पनि भारतका कप्तान रोहित शर्मा पहिलो स्थानमा छन् । उनले नौ पालीमा २४ वटा छक्का हिर्काएका छन् । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २२ र दक्षिण अफ्रिकाका क्विन्टन डी ककले २१ छक्का प्रहार गरेका छन् । अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्सले पनि २०—२० वटा चौका प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल