२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यूरो कप छनोटमा ३८ वर्षे रोनाल्डो र १६ वर्षका यमालको कमाल

२०८०, १ मंसिर शुक्रबार ०८:५९

मङ्सिर १, काठमाडौँ | पोर्चुगलका विश्व कीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डो ३८ वर्षको उमेरमा पनि अन्तर्राष्ट्रिय फुटबलमा बेजोड प्रदर्शन गरिरहेका छन्। उनी झन झन लय समाइरहेका छन्।

यूरो कप छनोटको बिहीबार राती भएको खेलमा पोर्चुगलले लिच्टेनस्टेनलाई २-० गोलले हराउँदा रोनाल्डोले सुरुवाती अग्रता दिलाएका थिए। जारी यूरो कप छनोटमा रोनाल्डोले १० गोल गरेका छन्।


उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा समान गोल भएका रोमेलु लुकाकुभन्दा गोल असिस्ट मात्रका आधारमा दोस्रो स्थानमा छन्। लुकाकु पहिलो स्थानमा छन्। यहि प्रतियोगिता खेलिरहेका फ्रान्सका केलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्ड दुवैले समान ६ गोल गरेका छन्।

रोनाल्डोले सन् २०२३ मा खेलेका ८ अन्तर्राष्ट्रिय खेलमा १० गोल गरेका छन्। उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालिन सर्वाधिक गोलकर्ता पनि हुन्। रोनाल्डोले हालसम्म एक सय २८ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका उनीभन्दा दुई वर्ष कान्छा लियोनल मेस्सीको एक सय ६ गोल छ। गत वर्ष उनी म्यानचेस्टर युनाइटेडसँग सम्बन्ध बिग्रिएपछि साउदी क्लब अल नासरमा आबद्ध भएका थिए।

टोलीमा आफूले स्थान पाउन छाडेको झोकमा क्लबविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएका उनलाई म्यान युनाइटेडले विश्वकपको पूर्व सन्ध्यामा सम्झौता तोडिएको घोषणा गर्दै अन्य क्लबमा जाने बाटो खोली दिएको थियो।

सन्याशबारे उच्चारण समेत गर्न नचाहिरहेका रोनाल्डो निरन्तर आफूलाई अब्बल र योग्य स्थापित गरिरहेका छन्। रोनाल्डोले ३० औँ जन्मदिन मनाएयता मात्र सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ७७ गोल गरेका छन्। जारी यूरो कप छनोटमा स्पेनका लेमिन यमालले पनि चर्चा बटुलिरहेका छन्।

१६ वर्ष मात्र उमेर भएका यमालले जारी छनोटमा २ गोल गरेका छन्। गत सेप्टेम्बरमा जर्जियाविरुद्ध भएको खेलमा गोल गर्दै उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्ने स्पेनका सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। बिहिबार साइप्रसलाई ३-१ गोलले हराउँदा यमालले नै सुरुवाती अग्रता दिलाएका थिए।

उनी हाल बार्सिलोनाबाट व्यावशायीक फुटबल खेलिरहेका छन्। बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन उनले स्पेनको सिनियर टोलीबाट हालसम्म ३ खेल मात्र खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल