मङ्सिर ३, काठमाडौँ | रूकुम पश्चिममा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ। रूकुम पश्चिमकाे हुकाम केन्द्रविन्दु भएर ४ बजेर ४७ मिनेटमा ४.३ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ।
यसअघि रूकुम पश्चिमकाे टाका केन्द्रविन्दु भएर आइतबार दिउँसो २:५९ मिनेटमा ४.३ म्याग्निच्युडकाे परकम्प गएकाे थियाे।
गत १७ कार्तिकमा जाजरकाेटमा गएकाे भूकम्पमा परी ठूलाे जनधनकाे क्षति भएकाे छ। त्यसपछि त्यस क्षेत्र तथा आसपास निरन्तर पराकम्प गइरहेकाे छ।