२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

२०८०, ४ मंसिर सोमबार ०२:३६

मङ्सिर ४, जनकपुर । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । 

उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

जनकपुरस्थित गंगा सागरमा राताभर जाग्राम बसेका ब्रतालु भक्तजनले बिहान सूर्योदयसँगै सूर्यदेवको पूजा उपासना गरी ब्रत समापन गरेका छन् ।


हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।

दुलही झैं सिंगारिएका तलाउमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ । 

आज बिहानै उदाउँदो सूर्यको पूजा उपासना गरी अर्घ दिएसँगै चारदिन लामो छठ पूजा सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने