१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘टाइगर ३’ ले नेपालमा ५ करोड ३० लाख नेरु कमाउँदा, विश्वभर कति कमायो ?

४ मंसिर २०८०, सोमबार ११:५७

मङ्सिर ४, काठमाडौँ | भारतभित्रै विश्वकप क्रिकेटका कारण दबाबमा परेको ‘टाइगर ३’ ले दोस्रो सप्ताहन्तसम्म विश्वव्यापी ३६८ करोड भारु कमाएको छ । सोही अवधिमा भारतबाट २७० करोड भारु कमाउँदा विदेशबाट फिल्मले ९८ करोड भारु कमायो ।

पिंकभिल्लाले सलमान खान र कट्रिना कैफ स्टारर जासूस युनिभर्सको अन्तर्राष्ट्रिय कलेक्सन सोमबार सार्वजनिक गरेको छ । सूचीमा यो फिल्मले नेपालमा ५ करोड ३० लाख नेरु (४ लाख अमेरिकी डलर) हाराहारीमा कमाइ गरेको उल्लेख छ ।

उत्तर अमेरिकामा ४४ लाख २५ हजार डलर, अष्ट्रेलियामा ८ लाख डलर, मध्यपूर्वमा ३२ लाख, न्युजिल्याण्डमा २ लाख १० हजार, बेलायतमा १४ लाख डलर, युरोपमा ५ लाख ७५ हजार डलर कमाएको पिंकभिल्लाले जनाएको छ । विश्वभरको कमाइ सूची हेर्दा सलमान खानको निकै क्रेज मानिएको मध्यपूर्वमा यसपटक ‘टाइगर ३’ को कमाइ घटेको देखिएको छ ।

यशराज ब्यानरको पाँचौं जासूस ब्रह्माण्डको यो फिल्मले विश्वभर अतिरिक्त १५ मिलियन डलर कमाउन सक्ने प्रक्षेपण छ । नेपालमा भने फिल्मको कमाइमा सोमबारदेखि ‘ड्रप’ देखिएको छ । लक्ष्मीपूजाको दिनमा आइतबार रिलिज भएको यो फिल्मको कमाइमा भारतमा विश्वकप क्रिकेटको असर देखिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार