२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वकप फाइनलमा भारत पराजित भएपछि हृदयाघातका कारण समर्थकको मृत्यु

२०८०, ५ मंसिर मंगलवार ०८:०५

मङ्सिर ५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएपछि एक भारतीय समर्थकको हृदयाघातका कारण निधन भएको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति खेलिएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले कीर्तिमानी रूपमा छैटौँपटक एकदिवसीय विश्वकपको उपाधि चुमेको थियो । 

फाइनलमा अप्रत्याशित रूपमा अस्ट्रेलियाले आफ्नो टोलीलाई हराएपछि हृदयाघातका कारण आन्ध्र प्रदेशको तिरुपति जिल्लामा एक समर्थकको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, ३२ वर्षीय ज्योतिस कुमार यादवको हृदयाघातका कारण निधन भएको हो । 


उनी पेसाले कम्प्युटर इन्जिनियर थिए । उनले सुरुदेखि आफ्नो घरमा बसेर विश्वकपको फाइनल खेल हेरिरहेका थिए । खेलमा भारतीय टोली पराजित भएपछि उनले असहज महसुस गरेका थिए । हारसँगै भारतीय टोलीका कप्तान रोहित शर्माले आँसु खसालेको देखेपछि यादवलाई हृदयाघात भएको बताइएको छ । 

यादवको परिवारका सदस्यले बताएअनुसार, टेलिभिजनमा रोहित शर्मा रोएको देखेपछि उनलाई हृदयाघात भएको थियो । उनलाई तत्कालै तिरुपतिस्थित अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले अस्पताल पुर्‍याइनुअघि नै उनको मृत्यु भइसकेको जानकारी गराएका थिए । 

यादव केही समयअघि मात्र वैवाहिक बन्धनमा बाँधिएको पनि परिवारका सदस्यले जनाएका छन् । तिरुपति ग्रामीण विकास समितिका अध्यक्ष मोहिथ रेड्डीले सोमबार यादवको घर पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने