१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वकप फाइनलमा भारत पराजित भएपछि हृदयाघातका कारण समर्थकको मृत्यु

५ मंसिर २०८०, मंगलवार ०८:०५

मङ्सिर ५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएपछि एक भारतीय समर्थकको हृदयाघातका कारण निधन भएको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति खेलिएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले कीर्तिमानी रूपमा छैटौँपटक एकदिवसीय विश्वकपको उपाधि चुमेको थियो । 

फाइनलमा अप्रत्याशित रूपमा अस्ट्रेलियाले आफ्नो टोलीलाई हराएपछि हृदयाघातका कारण आन्ध्र प्रदेशको तिरुपति जिल्लामा एक समर्थकको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, ३२ वर्षीय ज्योतिस कुमार यादवको हृदयाघातका कारण निधन भएको हो । 


उनी पेसाले कम्प्युटर इन्जिनियर थिए । उनले सुरुदेखि आफ्नो घरमा बसेर विश्वकपको फाइनल खेल हेरिरहेका थिए । खेलमा भारतीय टोली पराजित भएपछि उनले असहज महसुस गरेका थिए । हारसँगै भारतीय टोलीका कप्तान रोहित शर्माले आँसु खसालेको देखेपछि यादवलाई हृदयाघात भएको बताइएको छ । 

यादवको परिवारका सदस्यले बताएअनुसार, टेलिभिजनमा रोहित शर्मा रोएको देखेपछि उनलाई हृदयाघात भएको थियो । उनलाई तत्कालै तिरुपतिस्थित अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले अस्पताल पुर्‍याइनुअघि नै उनको मृत्यु भइसकेको जानकारी गराएका थिए । 

यादव केही समयअघि मात्र वैवाहिक बन्धनमा बाँधिएको पनि परिवारका सदस्यले जनाएका छन् । तिरुपति ग्रामीण विकास समितिका अध्यक्ष मोहिथ रेड्डीले सोमबार यादवको घर पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार