२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्गा प्रसाईँलाई लक्षित गर्दै ओलीले भने- ती सिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन

२०८०, ५ मंसिर मंगलवार १०:३१

मङ्सिर ५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले अहिले देश संगठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे। 

उनले  भने, 'आउँदो २०८४ चुनावमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने गरी संगठनलाई मजबुत बनाइरहेका छौं। हामी मिसन २०८४ मा लागेका छौं। २०८४ को चुनावमा देशभर एमालेको विजयपताका फहराउँछ। एमालेको एकल बहुमतको सरकार बन्ने निश्चित छ।' पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेबाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने। देशलाई अहिलेको बेथिति र विसंगतिबाट बाहिर निकाल्न एमालेको सरकारको विकल्प नै नभएको जिकिर पनि उनले गरे।


छिमेकी मुलुकहरूसँग दबिएर होइन, समान हैसियत बनाएर अगाडि बढ्ने नीतिमा एमाले नेतृत्वमा बन्ने सरकारको रहने उनले बताए। मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उनले बताए।

दुर्गा प्रसाईँलाई नयाँ तत्वको सिखण्डीको संज्ञा दिँदै ओेलीले भने, 'अहिले देशमा केही नयाँ तत्वहरू उफ्रिइरहेका छन्। अहिलेको गठबन्धनको सरकारको बेथितिका कारण नै ती सिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन। कुनै मतलब पनि राख्दैन। किनकि एमाले सिसाको गिलास हेइन। जुन कतै ठोक्कियो भने पिटिक्कै फुटिहाल्ने। एमाले त्यस्तो इस्पात हो, जुन घनले हान्दा पनि टसमस हुँदैन। त्यसैले अहिले उफ्रिइरहेका नयाँ सिखण्डीहरूको एमालेले मतलब नै राख्दैन।'

ओलीले भगवान रामको जन्मभूमि पर्साको ठोरी नै भएको दोहोर्‍याए। उनले भने, 'अहिले भारतले राम मन्दिर बनाइरहेको अयोध्या भगवान रामको जन्मभूमि हुँदै होइन। किनकि अयोध्या डेढ सय वर्ष पहिलेसम्म फैजलावाद थियो। वास्तविक राम जन्मभूमि त नेपालको ठोरी हो भन्ने कुरा धर्मशास्त्रमै उल्लेख छ।' कार्यक्रममा पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालक हरिनारायण  रौनियार जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए।

२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका  सयौं नेताकार्यकर्ता पनि एमाले प्रवेश गरे। एक वर्षदेखि जसपामा निस्क्रिय रहेका केही दिन अगाडि काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए। त्यही भेटमा  एमालेमा प्रवेश गर्न तयार भएका रौनियार मंगलबार आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा रौनियारले जसपा र उसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेकाले आफूले जसपा परित्याग गरेको बताए। उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेकाले आफू एमाले प्रवेश गरेको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता