2026-07-11 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आज पनि शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा निरन्तर सुनुवाइ हुने

मङ्सिर ६, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा आज पनि निरन्तर सुनुवाइ हुने भएको छ ।

हिजो न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको हो ।

शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध अभियुक्तहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

उनीहरूले उक्त आदेश अन्यायपूर्ण भएकाले आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने माग गरेका छन् ।

यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए ।

अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुर अन्तर्गतको मुद्दा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट