मङ्सिर ६, काठमाडौँ | मिडिया व्यवसायी दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रसाईँले आज दिउँसो २ बजे निजी निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ अन्तर्गत भोलि काठमाडौँ केन्द्रित प्रदर्शनको तयारी र व्यवस्थापनका बारेमा जानकारी दिनका लागि पत्रकार सम्मेलन गर्न लागिएको उनको सचिवालयले जनाएको छ ।
प्रसाईँले भोलिको प्रदर्शनमा लाखौँ मानिस काठमाडौँमा उतार्ने दाबी गर्दै आएका छन् । उनले यही आन्दोलनले देशको व्यवस्था समेत परिवर्तन गर्ने जिकिर गरेका छन् ।