११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रेट्रोफिटिङ गरेको भवनमा सर्दै प्रधानमन्त्रीले भने, ‘त्यहाँ गुम्म थियो, अब अलि बढी फुर्छ होला’

६ मंसिर २०८०, बुधबार ०७:१४

मङ्सिर ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो ।

नयाँ कार्यालयमा सरेको अवसरमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे।  उनले पहिले कार्यालय रहेको ठाउँभन्दा यो ठाउँ अलि खुला र फराकिलो रहेकाले नयाँ कुराहरू फुर्न सक्ने पनि बताए ।


उनले भने, ‘१२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पुरा भएको छ । पहिलेको ठाउँमा बस्दा गुम्म परेको,  फ्रेस नहुने जस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा बरन्डाहरू पनि हेर्न पाइने, स्पेस पनि ठुलो छ, त्यसैले अलि बढी फुर्छ होला भन्ने महसुस गरेको छु । अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ ।’

उनले पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढाएकोमा सहरी विकास मन्त्री सीता गुरुङलाई आभार व्यक्त गरे भने पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी