2026-07-11 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘राति १० बजे आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले’

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा ‘डिस्टर्ब’ गरेको आरोप लागेको छ । 


होटेलमा सुतिरहेका बेला मध्यरातमा मानवीय संवेदना भुलेर बाहिर निकाल्न खोजिएको भन्दै युवा संघको आलोचना भइरहेको छ। सो प्रकरणमा मोरङबाट काठमाडौँ आएको बताउने सिर्जना राई बोलेकी छन् । बुधबार दुर्गा प्रसाईँले आयोजना गरेको पत्रकार सम्मेलनमा राईले एमालेको कार्यकर्ताहरूले गएराति १० बजेको समयमा लुगा पनि लगाउन नदिई बाहिर निकालेको आरोप लगाइन् । 

‘हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ । ३०/३५ जनाको झुण्ड आयो। भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो’, उनले आक्रोश पोखिन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट