११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंलाई मेयर हर्कको प्रश्न: कसरी त्यति विधि पैसा कमाएछ ?

७ मंसिर २०८०, बिहीबार १०:१४

मङ्सिर ७, काठमाडौँ | धरान उपमहानगरका प्रमुख हर्कराज राईले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कसरी यत्तिको पैसा कमाएछन् भनेर प्रश्न गरेका छन् । प्रसाईं व्यवस्था बदल्नको लागि काठमाडौंमा आन्दोलनमा उत्रिएकै बेलामा मेयर राईले भने प्रसाईंको धन आर्जनबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय मेयर राईले विभिन्न विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहन्छन् । पछिल्लो समय उनले काठमाडौंमा भैरहेका प्रसाईं र एमालेनिकट युवा–विद्यार्थीहरुको आन्दोलनलक्षित स्टाटस लेखिरहेका छन् । यस्तैमा उनले प्रसाईंले कसरी यत्तिको पैसा कमाएको रहेछ भनेर प्रश्न सोधेका छन् ।


उनले लेखेका छन्–‘दुर्गा प्रसाईंले कसरी त्यति विधि पैसा कमाएछ ! उस्कै आफन्तको कुरा सुन्दा त पहिले दूध बेच्थ्यो रे ! यथार्थ के हो ? आज अरबौंको मालिक बनिरहँदा सम्पत्तिको स्रोत खुलाइदिए राम्रो हुन्थ्यो !’

यस्तै, उनले प्रसाईं र एमालेको प्रदर्शनलाई लिएर आलोचना पनि गरेका छन् । उनले काठमाडौंमा आज हुने खर्च, जनबल र उर्जा सबै जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित र पूनःनिर्माणमा खर्चिएको भए कित राम्रो हुने थियो भनेर पनि सुझाव दिएका छन् । त्यसबारे उनले लेखेका छन्–‘आज काठमाण्डौँमा खर्च हुने पैसा, जनबल र उर्जा सबै जाजरकोटमा उद्दार र पुनः निर्माणमा खर्च हुन सके कति राम्रो हुन्थ्यो भन्दै म चाहिँ हिँडें विरुवामा पानी लाउन ! जय बुद्धि !’

उनले पार्टी, जाति, धर्म सबैभन्दा माथि देश भनेका छन् । उनले आफूले देश सम्झिएर कठिन कामहरु प्नि सहज तरिकाले गरिरहेको सुनाएका छन् । उनले आफूले अनेक पीडा, कष्ट र अपमान सहेरपनि श्रमदान गरिरहने उल्लेख गरेका छन् । उनी भन्छन्–‘पार्टी होइन देश ! जाति होइन देश ! धर्म होइन देश ! मेरो देश… हामी सबैको देश ! हो म त्यही देश सम्झेर कठीन कामहरु पनि सहज तरिकाले गरिरहन्छु ! अनेक पिडा, कष्ट र अपमान सहेर पनि श्रमदान गरिरहन्छु !’

मेयर राईले व्यवस्थाको भने कडा रुपमा बचाउ गरेका छन् । उनले अहिले गणतन्त्र फालियो भने आफ्नो मेयरको पद पनि खारेज हुने होला र आफू सिधै राजा बन्ने होला की प्रधानमन्त्री पो ? भन्दै मजाकसमेत गरेका छन् ।

यस्तो छ उनको मजाकमिश्रित स्टाटस–‘गणतन्त्र फाल्ने आन्दोलन हुँदैछ भन्छ ! गणतन्त्र फालियो भने मेरो मेयरको पद पनि खारेज हुन्छ होला ! अनि म सिधै राजा बन्ने होला कि प्रधानमन्त्री पो ??? हाँस नउठेको बेला पनि कति हाँस्नु लाको, पापीहरु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने