११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईँ भन्छन्– जनताका लागि बोल्दा म ‘हाउस एरेस्ट’ हुनुपर्ने, गणतन्त्र यसैका लागि हो ?’

८ मंसिर २०८०, शुक्रबार ०५:५३

मङ्सिर ८, काठमाडौँ | आफ्नै घरमा नजरबन्दमा परेका गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे ।

‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने’ उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ?’


उनले भने, ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन । प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन रु आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’

‘हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नुहून्थ्यो । उहाँहरुको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ । पुलिसको यातना भोग्न पनि तयार छु ।’ प्रसाईंले थपे ।

आफूलाई पक्राउ गरेर यो अभियान नरोकिने उनको भनाइ छ । यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न उनले आह्वान गरे ।

‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस,’ प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान