११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

असुरक्षाका कारण प्रसाईं आजको प्रदर्शनमा नजाने

८ मंसिर २०८०, शुक्रबार ०७:४१

मङ्सिर ८, काठमाडौँ | असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्।

प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  प्रसाईं समूहले शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रदर्शन सुरु गर्ने जनाएको थियो।

प्रसाईंका सचिवालय सदस्य विजय कँडेलले भने, ‘बाहिर सुरक्षा घेरा छ। उहाँको हेल्थको इस्यू पनि आइरहेको छ। त्यसैले उहाँ आजको प्रदर्शनमा निस्किनु हुदैन्।’


उनले प्रसाईं घरबाट बाहिर ननिस्किए पनि उनका समर्थकहरूले प्रदर्शन गर्ने जानकारी दिए।  ‘हामी काठमाडौँका जुनसुकै चोकमा पनि प्रदर्शन गर्न सक्छौँ। तीनकुने नै जानुपर्दैन’, कँडेलले भने, ‘जहाँबाट जसरी सकिन्छ त्यसरी आन्दोलन गर्ने र कुनै चोक बाँकी नराख्ने रणनीतिमा छौँ।’

प्रसाईं समूहले शुक्रबार बिहान तीनकुनेमा प्रदर्शन गर्ने योजना बनाएको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यसलाई निस्तेज पारिदिएको छ। प्रसाईंको घर वरपरको धेरै संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ।

कँडेलले प्रसाईंलाई नजरबन्द राख्ने हल्ला चले पनि आधिकारिक रुपमा सरकारका तर्फबाट केही नआएको दाबी गरे। ‘प्रहरीले हामी माथि एकदमै दमन गरिरहेको छ। मान्छे निस्किने बित्तिकै समातेर लैजाने र लाठी चार्ज गर्ने गरेको छ’, उनले भने।

सुरुमा वित्तीय संस्था तथा बैङ्कहरूको ऋणबाट ऋणीहरूलाई मुक्त गर्ने प्रतिवद्धता जनाएर अभियान थालेका प्रसाईं पछिल्लो पटक व्यवस्था परिवर्तन आफ्नो एजेण्डा भएको बताउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान