११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्छ, निषेधको राजनीति टिक्दैनः रवि लामिछाने

८ मंसिर २०८०, शुक्रबार ०९:०४

मङ्सिर ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने बताए ।

वीरगञ्जमा आयोजित एउटा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार संविधानले नै दिएको स्मरण गराए ।

उनले भने, ‘जोजो साथीहरू अहिले विभिन्न ढंगले आफूलाई अभिव्यक्त गरिरहनुभएको छ, विभिन्न कार्यक्रम गरिरहनुभएको छ, जनताको मुद्दा उठाउने सवालमा आवाज रोकिनु हुन्न । हामीले रोजेको बाटो र अरुले रोजेको बाटो एउटै हुनुपर्छ भन्ने छैन ।’

लामिछानेले थपे, ‘मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडित, जसले, जहाँबाट, जुन कोणबाट भुइँमा रहेका मान्छेको आवाज उठाउँछ, त्यसको राज्यले सम्मान गर्नुपर्छ । जसले जसरी अभिव्यक्त गरे पनि आफूलाई लागेको कुरामा विरोध गर्न पाउनुपर्छ, प्रदर्शन गर्न पाउनुपर्छ, जनताको मुद्दा उठाउन पाउनुपर्छ । निषेधको राजनीतिक लामो समय टिक्दैन । जनतामा केन्द्रित मुद्दा उठाउनेमाथि कहीँकतै रोकटोक नहोस । हामी भने शान्त ढंगले निर्वाचनका माध्यमबाट यो प्रणालीलाई स्वीकारेर जाने पक्षमा छौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान