२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चेतना नभएका मुर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका छन्: ओली

२०८०, ८ मंसिर शुक्रबार ०९:५९

मङ्सिर ८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजसंस्था’ लाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले टिप्पणी गरे ।

आज युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म नेपालमा राजाहरुले केही पनि नगरेको भन्दै उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी गरे ।


ओलीको भनाइः

‘केही तत्वहरु हेर्दा… हेर्दा… हेर्दा… हेर्दा… वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ १५ वर्षअघि नै प्याँकिइसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् । राजनीतिकरुपमा, बैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र…. एउटा मान्छेको छोरा जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने, अर्कोले जति मरिमेटे पनि हुन नसक्ने… मैले भनेँ भने चित्त दुखाउँछन्… चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा जन्मिँदै राजा… लाटो जन्मिन्छ कि गँजडी, ड्रगिष्ट, लफङ्गा भएर जन्मिन्छ कि… जन्मिँदै राजा हुने ? त्यही हुनपर्छ भन्ने ? कठैबरी ।

नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने, त्यो चेतना हो होइन, मुर्खता हो । कतिपय देशले ऐतिहासिक कारणले जनतासँग सम्झौता गरेका होलान् । अरु देशका मामलामा हामी बोलिरहेका छैनौं । हाम्रो देशमा चाहीँ राजतन्त्र काम लाग्दैन भनेर जनताले फ्याकेका हुन् । यो देशमा २० सालभन्दा अगाडिसम्म एउटा बाटो नबन्नुको कारण के ? अनि विकास हुनै नसक्नुको कारण के ? २४० वर्ष राजतन्त्रले खायो । शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार सबै देशमा हुँदा पनि हाम्रो देशमा किन नभएको ? जङ्गबहादुरको शासन १९०३ मा आएपछि त्यसको सात वर्षपछि दरबार स्कुल बन्यो । त्योभन्दा अगाडि राजाहरुले किन खोलेनन् स्कुल ? जनता पढाउने नीति थियो ? होइन, जनतालाई अन्धकारमा राख्नुपर्छ भन्थे । अनि राजतन्त्रले के केन गर्यो भन्ने कहाँबाट आउँछ ?

सति प्रथा उन्मुलन गरेको राजतन्त्रले होइन । त्यति त बरु राणाले गरेका थिए हउ । दास राख्न पाइँदैन भन्ने राणाले घोषणा गरे, राजाले किन गरेनन् ? २४० वर्षमा १ सय ३३ वर्ष त राजा एक्लैले खाएको थियो होला त, के हेरेर बसे त ? राजा भएर बस्ने, दुनियालाई दुख दिने । त्यो बाहेक केही गरेनन् ।

अहिले मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लाग्या छन् । त्यस्तो बेलामा युवा संघले हामी यहाँ छौं भनेर रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना