2026-07-11 02:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झापा लागे पूर्वराजा ज्ञानेन्द्र, राप्रपाले ७ हजार मोटरसाइकलको र्‍यालीसहित भोलि शक्ति प्रदर्शन गर्ने

मङ्सिर ८, काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन डेढ सातादेखि झापामै बसेर भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन् । दुर्गा प्रसाईंले काठमाडौंमा हजारौं मान्छे उतारेपछि राप्रपाका लागि पूर्वराजाको भ्रमण विशेष बनाउनुपर्ने चुनौति छ ।

पूर्वराजा ज्ञानेन्द्र आज झापामा उत्रेर मेचीनगर रिसोर्टमा बास बस्नेछन् । भोलि धुलाबारी नजिकै निन्जाखोलाको पुल वारीबाट विशाल मोटरसाइकल र्यालीको तयारी गरिएको छ । र्‍यालीमा कम्तिमा ७ हजार मोटरसाइकल उतार्ने दावी गरिएको छ । यो मोटरसाइकल र्‍याली १२ किलोमिटर यात्रा गर्दे बिर्तामोड पुग्नेछ ।

पूर्वराजा भाटभटेनी अगाडि गाडीबाट ओर्लिनेछन् । त्यहाँबाट उनले करिब ४५ मिनेट पैदल हिँड्ने कार्यक्रम बनाइएको छ । बिर्तामोडमा ५० हजारको जनप्रदर्शनसहित पूर्वराजाको स्वागत गर्ने तयारी राप्रपाले गरेको छ । पूर्वराजा नागरिकहरुको स्वागत अभिनन्दन ग्रहण गर्दै इकम क्याम्पसमा पुग्ने छन् । त्यहाँ रहेको बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक पूर्वराजाले अनावरण गर्ने कार्यक्रम छ ।

पूर्वराजाले स्थानीय बुद्धिजिवी र नेताहरुसँग भेटघाट र भलाकुसारी गर्नेछन् । पूर्वराजाको भ्रमणलाई भव्य, ऐतिहासिक र सफल बनाउन पार्टीको सम्पूर्ण शक्ति परिचालन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट