२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बर्दियामा मैनबत्तीबाट सल्केको आगोले तीन बालबालिकासहित चारको मृत्यु

२०८०, १० मंसिर आईतवार ०७:५२

मङ्सिर १०, काठमाडौँ | बर्दियामा मैनबत्तीबाट सल्केको आगोबाट आगलागी हुँदा तीन बालबालिकासहित चारजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। शुक्रबार राति करिब साढे १० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा डेढ वर्षीय कार्तिक चन्द, सात वर्षीय कृष चन्द, नौ वर्षीया मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको हो। राधा र मानसी आमाछोरी हुन् ।

आगोले जलेर करिश्मा चन्द घाइते भएकी छिन्। उनको बर्दिया अस्पतालमा उपचार भइरहेको छ। बर्दिया अस्पतालका जनरल सर्जन डा. विजय उपाध्यायका अनुसार घाइतेको शरीरको २६ प्रतिशत भाग जलेको छ। 

आगलागीमा परी मृत्यु भएका चारैजनाको शव जलेको अवस्थामा फेला परेको थियो । राधा बुढा छोरी लिएर माइत गएकी थिइन्। इँटा र टायलबाट बनेको घरको एक कोठा पूर्ण रूपमा नष्ट भएको छ । कोठाभित्र रहेका सम्पूर्ण सामान जलेर पूरै नष्ट भएका छन् । घरधनी भरत चन्द (घाइते करिश्माका श्रीमान्) भने कामविशेषले बाँकेको कोहलपुर गएका थिए । 

तीन दिनदेखि विद्युत् लाइन बिग्रिएकाले मैनबत्तीबाट आगो सल्किएको घाइते करिश्माले बताइन्। फ्रिजमाथि मैनबत्ती बालेर सुतेको र सँगै रहेका अन्य मैनबत्ती हुँदै कपडामा सल्किएर आगो लागेको हुन सक्ने घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। आगलागी हुँदासम्म घरमा सबै सुतिसकेको हुनाले चारजनाको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ। ब

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी